प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित | Khabarhub Khabarhub

प्रधानन्यायाधीशले तोके इजलास, सुनुवाइ अनिश्चित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आज पनि इजालास तोकेका छन् । तर, सुनुवाइ हुने नहुने अनिश्चित छ ।

जवराकोको राजीनामा माग्दै इजलास अघोषितरुपमा बहिष्कार गरिरहेका न्यायाधीशले उनले तोकेको इजलास सोमबारदेखि नै बहिष्कार गर्दै आएका छन् । जिल्ला र उच्च अदालतको आदेशले थुनामा परेकाहरुले दिएको निवेदनहरु आफ्नै इजलासमा राखेर पेशी तोकेका जवराले आफूबाहेकको बृहत पूर्ण इजलास पनि तोकेका छन् ।

उनले वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलास तोकेका हुन्।

जवराले ३ जना थुनुवाको मुद्दा आफ्नै इजलासमा पेशी तोकेका छन् । साथै उनले पछिल्ला साता सर्वोच्च अदालतमा दर्ता भएका निवेदनहरु पनि आफ्नै इजलासमा राखेका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आफूलाई गैरकानूनी रुपमा बर्खास्त गरिएको भनी दर्ता गरेको निवेदन, अदालतको क्षेत्राधिकार मिचेर सेनाको सैनिक अदालतले कारवाही गरेको विषय जोडिएको लगायतका मुद्दा जबराले आफ्नै इजलासमा राखेका हुन् । योसहित उनले आफ्नो इजलासमा २८ वटा मुद्दाको पेसी तोकेका छन् ।

जबराले आजका लागि १६७ मुद्दाको पेसी चढाए पनि न्यायाधीशहरुको वहिष्कार तथा  सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएकाले सुनुवाइको सम्भावना कम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : १४ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त