राजेश हमालले गाए ‘मन बुढो भएन’ « Khabarhub

राजेश हमालले गाए ‘मन बुढो भएन’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता राजेश हमालले ‘मन बुढो भएन’ बोलको गीत गाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा यो गीत गाएका हुन् ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतकार तथा संगीतकार शर्माले अभिनेता हमालले आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउने इच्छा व्यक्त गरेकाले आफूले तयार पारेको बताए । ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत उहाँलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो,’ उनले भने ।

दीपकले हमालसँग दुईपटकको बसाईमा अभ्यास गरेपछि गीत तयार गर्न सम्भव भएको खुलाए । ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल समात्नु भयो । त्यसपछि गीत रेकर्ड ग¥यौँ,’ उनले भने ।

यो गीतको भिडियो तिहारअघि नै रिलिज गर्ने तयारी निर्माण पक्षको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १ : ३४ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि