राजेश हमालले गाए ‘मन बुढो भएन’ « Khabarhub

राजेश हमालले गाए ‘मन बुढो भएन’


११ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता राजेश हमालले ‘मन बुढो भएन’ बोलको गीत गाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा यो गीत गाएका हुन् ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतकार तथा संगीतकार शर्माले अभिनेता हमालले आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउने इच्छा व्यक्त गरेकाले आफूले तयार पारेको बताए । ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत उहाँलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो,’ उनले भने ।

दीपकले हमालसँग दुईपटकको बसाईमा अभ्यास गरेपछि गीत तयार गर्न सम्भव भएको खुलाए । ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल समात्नु भयो । त्यसपछि गीत रेकर्ड ग¥यौँ,’ उनले भने ।

यो गीतको भिडियो तिहारअघि नै रिलिज गर्ने तयारी निर्माण पक्षको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १ : ३४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते