हस्तकला व्यापार मेला मंसिर ३ देखि काठमाडौँमा हुने | Khabarhub Khabarhub

हस्तकला व्यापार मेला मंसिर ३ देखि काठमाडौँमा हुने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हस्तकला व्यापार मेला आगामी मंसिर ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल हस्तकला महासङ्घले विगतका वर्षजस्तै यस वर्ष पनि १८औँ हस्तकला व्यापार मेला एवं १६औँ हस्तकला प्रतियोगिता होटल ह्यात रिजेन्सी बौद्धमा गर्न लागेको हो ।

महासङ्घले बिहीबार पत्रकार सम्मेलन गरी कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाई शाक्यले मेलामा नेपाली हस्तकलाका १२० कक्ष रहने जानकारी दिए । उनले नेपाली हस्तकलालगायत अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्न मेला आयोजना गरिएको बताए ।

मेलामा ज्येष्ठ कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको महासङ्घले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ४५ बजे

गुडिरहेको बस पुलबाट खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी – अफ्रिकी मुलुक अल्जेरियामा गुडिरहेको बस पुलबाट नदीमा खस्दा

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं– नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन्

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

सुनसरी– सुनसरी कारागारको पर्खाल नाघेर भागेका एक जना फरार कैदी

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी