एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ? « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ( शुक्रवार) बस्दै छ ।

आज बिहान ११ बजे सुरु हुने बैठकले हिजो (बिहीबार)को स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनकाअनुसार हिजोको बैठकले चयन गरेको महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड आज अनुमोदन गरिनेछ ।

साथै बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णयसमेत गर्नेछ ।

त्यस्तै दसौँ राष्ट्रिय महाधिवेशन स्थल चितवनमा पुगेर फर्केका मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले आजको बैठकमा ‘ब्रिफिङ’गर्ने बताइएको छ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदै छ। नारायणी किनारमा उद्घाटन र सौराहामा बन्द सत्र हुने जनाइएको छ । यो महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ३५ बजे

चन्दननाथमा अग्नि निभाउने उपकरण जडान

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर

प्रतिनिधिसभाको बैठक सुरू

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री

स्वास्थ्यमन्त्री मेहता र नर्वेका राजदुत ड्याग्नीबीच भेटवार्ता 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

सुनको मूल्यमा २४ सय रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल