राष्ट्रपति भण्डारीले शनिबार पर्यटकीय क्षेत्र ढोरपाटनमा बिताउने « Khabarhub

राष्ट्रपति भण्डारीले शनिबार पर्यटकीय क्षेत्र ढोरपाटनमा बिताउने


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा भोलि (शनिबार) ढोरपाटन आउने भएकी छन् ।

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी जिल्लाको सुरक्षा र व्यवस्था चुस्त पारिएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

“अवलोकन भ्रमणका लागि राष्ट्रपति शनिबार दिउँसो ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ”,प्रजिअ कार्कीले भने । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको बताए ।

राष्ट्रपतिको भ्रमण तय भ एपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ०७ बजे

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश