निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान « Khabarhub

निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति विमलेन्द्र निधिलाई तोकेका छन् ।

आगामी कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा शुक्रबार बेलायत प्रस्थान गर्दा पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति निधिलाई दिइएका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा १३ बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म निधिलाई पार्टीको कार्यबाहक सभापति तोकिएको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको टोली कार्यक्रम सकेर आगामी १८ गते स्वदेश फर्कने छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : १३ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी