रसुवामा फेरि देखियो कोरोना संक्रमण « Khabarhub

रसुवामा फेरि देखियो कोरोना संक्रमण


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ । १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो ।

गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन् भने चार जना अहिले होम आइसोलेसनमा छन् ।

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ । जिल्लामा आइसियु, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणको सुबिधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ३५ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर