नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित) | Khabarhub Khabarhub

नेपाल बार परिसरमा कानुन व्यवसायीबीच हानाहान (भिडियोसहित)

बार गैर संवैधानिक भएको आरोप


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच हात हालाहाल भएको छ ।

सर्वोच्चको इजलासका बिषयमा विवाद हुँदा अधिवक्ता भूमिनन्द चुडाल र कानुन व्यवसायी विराट न्यौपानेबीच हात हालाहाल भएको हो ।

उनीहरुबीचको झगडा थप बढ्न थालेपछि बारमा रहेका कानून व्यवसायीहरुले छुट्याउनुपरेको थियो ।

कानुन व्यवसायी विराट न्यौपानेले आफुले हातपात गरेको र जिम्मा आफुले लिने बताए । उनले भने, ‘दलाललाई हिर्काइन्छ अब केही फरक पदैन् । यो झगडा गरेको हैन नैसियत मात्र हो । यो तपाईंहरुले भन्दा हातपात भयो भन्नु हुन्छ होला तर, बदमासी गर्नेलाई जसले पनि यही गर्छ ।’

यता अधिवक्ता भूमिनन्द चुडालले बार गैरसंवैधानिक भएको आरोप लगाए । उनले प्रधानन्याधीशलाई कसैले हटाउन नसक्ने पनि बताए । बार निकट व्यक्तिहरुले आफुहरुलाई अन्याय गरेको उल्लेख गर्दै उनले आफुलाई कुट्दा पनि बार हेरेर मात्र बसेको बताए ।

चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् ।

‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ३ : ०९ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६