आईसीयूमै मनाइयो बालिकाको जन्मदिन | Khabarhub Khabarhub

आईसीयूमै मनाइयो बालिकाको जन्मदिन


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको २ सय ७ नम्बरको आइसीयु वेड अन्य दिनमा भन्दा फरक थियो। वेडभरी रंगिचङ्गी बेलुनहरू । भित्तामा ‘ह्याप्पी बर्थ डे’ लेखिएको रंगीन सजावट ।

बैशाख २५ गतेदेखि आइसीयुको वेडमा अक्सिजनको साहरामा बाँचीरहेकी ४ वर्षीया एक बालिकाको जन्मदिन मनाउन अस्पतालका कर्मचारीले यो सजावट गरेका थिए ।

बुधबार दिउसो २ बजे आइसीयु वार्डका नर्सहरू ती बालिकाको जन्मदिनलाई विशेष बनाउने प्रयास गर्दै थिए । मुखमा अक्सिजन लगाएर वेडमा सुतिरहेकी ४ वर्षीया बालिकाको मनले बेलुन छुने चाहना राखेपनि हात उठाउन सक्ने अवस्था थिएन । वेडमा सजाइएका बेलुनहरूमा आँखा डुलाइरहेकी थिइन् उनले ।

सौतेलो बाबुले बलात्कार र कुटपिट गरेपछि बैशाख २५ गतेदेखि उनी ट्रमा सेन्टरको आइसीयुमा उपचाररत छिन् । छोरीको अस्पतालमा भर्ना हुँदादेखि नै ट्रमा सेन्टरमा टोलाउँदै दुखी बनेकी बालिकाकी आमा रमा (नाम परिवर्तन) अस्पतालले आइसीयुमै छोरीको जन्मदिन मनाइदिँदा खुसी भइन्। छोरी उठ्न समेत नसक्ने अवस्थामा रहेकाले छोरीको जन्मदिनको केक पनि रमाले नै काटिन् ।

‘आज मेरो छोरीको जन्मदिन, आइसियुमै सर म्यामहरूले जन्मदिन मनाइदिनु भयो, छोरीले हात पनि चलाउन सक्ने अवस्थामा छैन त्यसैले छोरीको केक मैले नै काटेँ’ रमाले खबरहबसँग भनिन, ‘छोरीको जन्मदिन मनाउँदा खुसी लाग्यो, अब छिट्टै निको भइदिए हुन्थ्यो ।’ छोरीको स्वास्थ्य अवस्थाका कारण ट्रमा सेन्टरमा टोलाउँदै बस्ने रमाको अनुहारमा आज खुसी देखिएको थियो ।

यो पनि पढौं

आमाको पीडा– दोस्रो श्रीमानबाट त माया पाइएला भनेको छोरीमाथि बलात्कार गर्‍यो !

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : १८ बजे

हराएको २२ दिनपछि मृत भेटिए बाह्विसका पारस

धनगढी– बुढीगंगा ८ घर भएका पारस कुँवर हराएको २२ दिनपछि मृत

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

सुर्खेत– उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

इप्पान ‘ऊर्जा ज्योति सम्मान’ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

काठमाडौं– यस वर्षको ‘ऊर्जा ज्योति सम्मान– २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर