आईसीयूमै मनाइयो बालिकाको जन्मदिन « Khabarhub

आईसीयूमै मनाइयो बालिकाको जन्मदिन


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको २ सय ७ नम्बरको आइसीयु वेड अन्य दिनमा भन्दा फरक थियो। वेडभरी रंगिचङ्गी बेलुनहरू । भित्तामा ‘ह्याप्पी बर्थ डे’ लेखिएको रंगीन सजावट ।

बैशाख २५ गतेदेखि आइसीयुको वेडमा अक्सिजनको साहरामा बाँचीरहेकी ४ वर्षीया एक बालिकाको जन्मदिन मनाउन अस्पतालका कर्मचारीले यो सजावट गरेका थिए ।

बुधबार दिउसो २ बजे आइसीयु वार्डका नर्सहरू ती बालिकाको जन्मदिनलाई विशेष बनाउने प्रयास गर्दै थिए । मुखमा अक्सिजन लगाएर वेडमा सुतिरहेकी ४ वर्षीया बालिकाको मनले बेलुन छुने चाहना राखेपनि हात उठाउन सक्ने अवस्था थिएन । वेडमा सजाइएका बेलुनहरूमा आँखा डुलाइरहेकी थिइन् उनले ।

सौतेलो बाबुले बलात्कार र कुटपिट गरेपछि बैशाख २५ गतेदेखि उनी ट्रमा सेन्टरको आइसीयुमा उपचाररत छिन् । छोरीको अस्पतालमा भर्ना हुँदादेखि नै ट्रमा सेन्टरमा टोलाउँदै दुखी बनेकी बालिकाकी आमा रमा (नाम परिवर्तन) अस्पतालले आइसीयुमै छोरीको जन्मदिन मनाइदिँदा खुसी भइन्। छोरी उठ्न समेत नसक्ने अवस्थामा रहेकाले छोरीको जन्मदिनको केक पनि रमाले नै काटिन् ।

‘आज मेरो छोरीको जन्मदिन, आइसियुमै सर म्यामहरूले जन्मदिन मनाइदिनु भयो, छोरीले हात पनि चलाउन सक्ने अवस्थामा छैन त्यसैले छोरीको केक मैले नै काटेँ’ रमाले खबरहबसँग भनिन, ‘छोरीको जन्मदिन मनाउँदा खुसी लाग्यो, अब छिट्टै निको भइदिए हुन्थ्यो ।’ छोरीको स्वास्थ्य अवस्थाका कारण ट्रमा सेन्टरमा टोलाउँदै बस्ने रमाको अनुहारमा आज खुसी देखिएको थियो ।

यो पनि पढौं

आमाको पीडा– दोस्रो श्रीमानबाट त माया पाइएला भनेको छोरीमाथि बलात्कार गर्‍यो !

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : १८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट