राजीनामा दिन प्रधानन्यायाधीशलाई बार एशोसिएसनको पाँच दिने अल्टिमेटम (भिडियो) « Khabarhub

राजीनामा दिन प्रधानन्यायाधीशलाई बार एशोसिएसनको पाँच दिने अल्टिमेटम (भिडियो)

आन्दोलनका कार्यक्रम घोषणा


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

यस्तै १६ गते धर्ना दिने, देशका ९० वटै बार इकाइसँग छलफल गर्ने, बारका निर्णयहरु सबै इकाइमा परिपत्र गर्ने निर्णय पनि गरिएको छ ।

बारले यति हुँदा पनि प्रधानन्यायाधीशले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ५२ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा