चांगन अटोले नेपालमा भित्र्याउँदै छ यी गाडीहरू « Khabarhub

चांगन अटोले नेपालमा भित्र्याउँदै छ यी गाडीहरू


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको नम्बर एक मानिने प्यासेन्जर ब्रान्ड, चांगन अटोले नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरू प्रस्तुत गर्ने भएको छ । सबै अटोमोबाइल उत्साहीहरूका लागि उक्त ब्रान्डको प्रतीक्षा समाप्त हुन लागेको चांगन अटोले जनाएको छ ।

उक्त कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरू सार्वजनिक गर्ने भएको छ ।

चांगन अटोले आफ्नो प्रिमियम सेडान र एल्सभिनुको आगमनसँगै आफ्नो यात्रा नेपालमा सुरु गर्ने भएको छ । यस गाडीमा प्रयोगकर्ताहरूले लक्जरी, आराम र कार्यक्षमताको मिश्रणको अनुभव गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार १.४  लि. ब्ले कोर इन्जि द्वारा संचालित, एल्स्भिन ७ (इन्च फ्लोटिङ इन्फोटेनमेन्ट टच स्क्रिन प्रणालीसँग आउनेछ ।

एल्सभिनपछि एक प्रीमियम लाइफस्टाइल पिक अप, ‘हन्टर’,  नेपाली सडकमा आउन लागेको छ । हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू छन् । हन्टरमा २३० एम.एमको  ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले यसलाई पूर्ण अफ–रोडर बनाउँछ । एल्स्भिन र हन्टर सन् २०२१ मै नेपाली सडकमा आउनेछन् ।

सन् २०२२ को सुरुवात लक्जरी एसयुबी ‘ओशान एक्स ७’ को लन्चसँग हुनेछ । ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ । यसपछि मध्यम आकारको स्टाइलिस एस.यू.भी ‘सीएस  ३५ प्लस’ लन्च हुनेछ। सीएस ३५ प्लसले गुणस्तर डिजाइनसँगै आरामदायक ड्राइभिङ अनुभव पनि प्रदान गर्नेछ ।

सन् २०२२ एक  उच्च एस.यु. भी. ‘युनि–ती’ को आगमनसँगै समाप्त हुनेछ । कम्पनीका अनुसार यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ अद्भुत अनुभूति दिन आवश्यक तत्वहरू रहेको जनाइएको छ । युनि–टी उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ ।

सन् २०२२ सालको अन्त्यसम्म चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरू नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : ०१ बजे

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक