न्यू डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

न्यू डायमण्ड र विजेश्वरी क्वार्टरफाइनलमा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यू डायमण्ड एकेडेमी ‘ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग खेलमा न्यू डायमण्ड ‘ए’ ले परोपकार आदर्स मा.बिलाई २–० को सोझो सेटमा पराजित गर्‍यो । । वेष्ट अफ थ्रीका आधारमा खेलाईएको खेलमा न्यू डायमण्ड ‘ए’ ले परोपकारलाई २५–९ र २५–२ को सेटमा पराजित गरेको थियो ।

जितसंगै न्यू डायमण्ड ‘ए’ ले समूह ‘क’ बाट क्वार्टरफाइनलमा स्थान बनाएको हो । परोपकारको पनि क्वार्टरफाइनल सम्भावना जिवितै छ । उसले आफ्नो अन्तिम लिग खेलमा अनलज्योति माबिलाई पराजित गरेमा र अनलज्योति न्यु डायमण्डसँग पराजित भएका उपबिजेताको रुपमा परोपकार पनि क्वाटर फाइनलमा पुग्ने बाटो खुला छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत मंगलबार विजेश्वरी ज्ञान मन्दिरले ज्ञान सुधा एकेडेमीलाई २–० को सेटमा पराजित गर्‍यो । विजेश्वरीले ज्ञानसुधालाई २५–१७ र २८–२६ को सेटमा पराजित गर्‍यो । जितसंगै समूह ‘ख’ बाट विजेश्वरीले समूह विजेता र पराजित ज्ञानसुधाले उपविजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाए । तेस्रो खेलमा पारामाउन्टले न्यू डायमण्डको बी टिमलाई २५–१० र २५–१३ को सेटमा पराजित गर्‍यो । जितसंगै समूह ‘घ’ बाट पारामाउन्टलेले क्वार्टरफाइनलमा स्थान बनायो ।

यस्तै भलिबल दिवसको अवसरमा बुधबार न्यू डायमण्ड एकेडमी र एपीएफ खेलाडी मिश्रित गरेर मैत्रीपूर्ण खेल खेलेकाट थियो । भलिबल दिवासका अवसरमा सभासद गोपालकृष्ण श्रेष्ठ, पुर्व खेलकुद मन्त्री दलजित श्रीपाईली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले १० स्कुललाई भलिबल बितरण गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन् । यस्तै तेस्रो हुनेले १५ तथा चौथोले १० हजार हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १–१ हजार पाउनेछन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ३३ बजे

जेन-जी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक भए देउवा दम्पती (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  गत भदौ २४ गतेको

पूर्णबहादुर खड्का बने कांग्रेसको कार्यवाहक सभापति

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि

ठेक्का अवधि सकिँदा पनि सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुल अधुरै

गण्डकी– पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ?

काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल