एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए « Khabarhub

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेर २३ सदस्यीय बनाएको छ,’ ज्ञवालीले भने ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल नेतृत्वको मूल व्यवस्थापन समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक छन् । समितिले नारायणी नदी किनारमा महाधिवेशन खुला सत्र गर्ने र सौराहमा बन्द सत्र गर्ने तय गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५३ बजे

२५ सय सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार चार सय बयानब्बे सवारी

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र