जर्ज वासिङ्टनको सफलता | Khabarhub Khabarhub

जर्ज वासिङ्टनको सफलता


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन वास्तवमै राष्ट्रपिता थिए । उनले सेनापतिको रूपमा ब्रिटिस सेनालाई युद्धमा हराउने मात्रै होइन, अमेरिकाका सबै राज्यलाई एउटै राज्यमा परिणत गरे ।

युद्ध अनुभवको कारणले उनलाई अमेरिकी सेनाको सेनापति बनाइयो तर उनीसँग रहेका सैनिकसँग न त युद्ध लडेको अनुभव थियो, न त प्रशस्त हतियार नै । सैनिकहरूको तलब पनि ज्यादै कम थियो । उनीहरुलाई खानाको व्यवस्थासमेत थिएन ।

स्वयं वासिङ्टनले भनेका थिए कि ‘हामी घाँस बाहेक घोडाले खाने हरेक प्रकारका खाना पनि खान्छौँ ।’ जर्ज वासिङ्टनको प्रेरणा, अनुशासन तथा नेतृत्वका कारण नै यस्ता अनुभवहीन सेनाले ८ वर्षपछि नै अति शक्तिशाली अङ्ग्रेज सेनालाई हराउन सफल भयो ।

त्यो युद्ध जितेपछि वासिङ्टन अमेरिकाका सबैभन्दा लोकप्रिय व्यक्ति बने । जब उनको नाम राष्ट्रपति पदको लागि प्रस्ताव गरियो तब उनले आफ्नो इच्छा नभएको जनाए । यस कुरामा उनका साथीहरूले असहमति जनाए र भने कि यदि तिमी राष्ट्रपति नबन्ने हो भने १३ वटा राज्यहरू एकीकृत राज्यमा गाभिने छैनन् । साथै उत्तरी र दक्षिणी प्रान्तहरू बिच युद्ध छेडिनेछ । त्यसपछि भने उनी बाध्य भएर राष्ट्रपति बन्न तयार भए ।

सबभन्दा रोचक तथ्य के छ भने उनी राष्ट्रपति पदमा छानिए पछि पनि न्यूयोर्क आउन एक जना आफन्तबाट ६ सय डलर ऋण लिनु परेको थियो । उनले आफ्नो सबै सम्पत्ति अमेरिकी स्वाधीनता सङ्ग्राममा खर्च गरेका थिए ।

साभार : ‘सफलता’ पुस्तकबाट

 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : ५२ बजे

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।