विश्वकपमा आज दुई खेल, दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै « Khabarhub

विश्वकपमा आज दुई खेल, दक्षिण अफ्रिका र श्रीलंका तथा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी- ट्वान्टी विश्वकप क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । शारजहा क्रिकेट रंगशालामा हुने पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियासँग पाँच विकेटले पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा भने साविक विजेता वेस्ट इन्डिजविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

त्यस्तै श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दा दोस्रो खेलमा अस्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो ।

शनिबारको दोस्रो खेलमा इंग्ल्याण्डले अस्ट्रेलियाको सामना गर्दै छ । दुबईमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच र दोस्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गरेको थियो ।

यस्तै इंग्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजमाथी छ विकेट र दोस्रो खेलमा बंगलादेशमाथी आठ विकेटको जित दर्ता गराएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ५४ बजे

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ – विशेष महाधिवेशनपछि कांग्रेस विवादको विषयमा परेको रिटको सुनुवाइ

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार