नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा ऐतिहासिक समझदारी « Khabarhub

नेपाल र अष्ट्रियाबीच उर्जा क्षेत्रमा ऐतिहासिक समझदारी


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति भएको छ । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमूह बनाएर काम गर्ने समझदारी समेत बनेको छ । समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

मन्त्री पुनले उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताएका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन समेत आग्रह गरे ।

उनले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीसमक्ष प्रस्ताव गरे । उनले वैकल्पिक उर्जा र जलविद्युतको क्षेत्रमा निजी र सरकारी तह दुवैमा सहकार्य अघि बढाउने विषयमा समझदारी बनेको जानकारी दिए ।

अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे । उनले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । ‘जलविद्युत र वैकल्पिक उर्जाको क्षेत्रमा हाम्रो राम्रो र लामो अनुभव छ । यो अनुभव हामी नेपालसँग समेत शेयर गर्न चाहन्छौ ।’ मन्त्री रेईचार्डटले हस्ताक्षर कार्यक्रममा भने ।

६० प्रतिशत उर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत विश्व प्रसिद्ध छ । अष्ट्रियामा एन्ड्रिजलगायतका विश्व प्रसिद्ध कम्पनी समेत छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : ३३ बजे

कास्की ३ मा रास्वपाकी गुरुङ विजयी

गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

विजयोत्सव नमनाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका

काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा निर्वाचनको

काठमाडौं–१० मा फराकिलो मतान्तरसहित प्रदीप विष्ट विजयी

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र