राष्ट्रपति भण्डारी ढोरपाटनमा « Khabarhub

राष्ट्रपति भण्डारी ढोरपाटनमा


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२:४० बजे ढोरपाटन पुगेकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन ।

निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिए । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

राष्ट्रपति भ्रमणमा आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : १७ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल