काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने « Khabarhub

काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ ।

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान,  हेटौँडा इटहरी उपमहानगरपालिका तथा  बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र  विष्णुपुर नगरपालिका तथा जोरपाटी  केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए ।

स्थानीय निकायले दुई तरिकाबाट ई–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने  ई–सेवामा  प्रत्यक्ष  खाता खोल्नेको सङ्ख्या  ५० लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (ई–सेवाजोन तथा पोइन्ट) छन् भने ई–सेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेको छ ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम, सेयर, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट खरिद, विद्यालय तथा क्याम्पसलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० बैंक तथा वित्तीय संस्था सदस्य छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : २६ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते