त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु « Khabarhub

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण प्रगति भएको छ । सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन’सम्म ड्रिल गरेर सानो प्वाल बनाउन उद्धार टोली सफल भएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन्।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै ड्रिल गरिएको सानो प्वाल सुरुङको ‘क्राउन’सम्म पुगेको र त्यसबाट हावा पठाउन सुरु गरिएको बताएका छन्।

उनका अनुसार अब उक्त स्थानबाट थप खन्ने काम सुरु गरिनेछ । त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाएर फसेका व्यक्तिहरूको उद्धार गर्ने तयारी गरिएको छ ।

गृहमन्त्री गुरुङले लेखेका छन्, “हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौँ । हामीले उक्त सानो प्वालबाट हावा पठाउन सुरु गरिसकेका छौँ र अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ ।”

सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहितका सुरक्षा निकाय निरन्तर परिचालन भइरहेका छन् । कठिन भौगोलिक अवस्था र जोखिमका बीच उद्धार कार्य अघि बढाइएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ५४ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा