बढ्दो हरितगृह ग्यास उत्सर्जन कटौती गर्न विज्ञका ४ उपाय | Khabarhub Khabarhub

बढ्दो हरितगृह ग्यास उत्सर्जन कटौती गर्न विज्ञका ४ उपाय


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ ।

सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका असर न्युन गर्ने उपाय र हरितगृह ग्यास उत्सर्जनमा कटौतीबारे विभिन्न देशको प्रतिबद्धता र रणनीति सार्वजनिक हुनेछ ।

प्रस्तुत छ जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विज्ञका चार उपायः

१ खानेकुरा खेरा नफाल्ने र रातो मासु नखाने
विश्वभर भइरहेको कुल हरितगृह ग्यास उत्सर्जनमध्ये १४ प्रतिशत उत्सर्जनमा पशु तथा चौपाया जिम्मेवार छन् ।

तसर्थ, जलवायु परिवर्तनको असर घटाउन रातो मासु र दुग्धजन्य सामाग्रीको उपभोग पनि घटाउनु पर्ने विज्ञहरु बताउँछन् ।

जलवायु परिवर्तनबारे अनुसन्धान गर्दै आएका प्राध्यापक म्यागरेट गिलका अनुसार खेर गइरहेको खानेकुराबाट पनि ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको छ ।

एबरडिन विश्वविद्यालयकी प्राध्यापकसमेत रहेकी उनले जलवायु परिवर्तनको बढ्दो असर घटाउन थोरै खानु पर्ने र खानेकुरा खेरा नफाल्न सुझाव दिन्छिन् । बेलायतको वेस्ट एन्ड रिसोर्स एक्स प्रोग्रामअनुसार विश्वमा २५ देखि ३० प्रतिशत खानेकुरा खेरा जाने गर्छ ।

२ सवारी साधन कम प्रयोग गर्ने

विश्वव्यापी हुने कूल कार्बन उत्सर्जनमा यातायातका साधनबाट निस्कने धुँवा र धुलो पनि उत्तिकै जिम्मेवार हुन्छ । तर, प्रदुषण बढ्यो भन्दैमा यातायातका साधन नै नचलाउने भन्ने हुँदैन् । राती काम गर्ने वा टाढाबाट कार्यलय जाने व्यक्तिका लागि सवारी साधन अपरिहार्य मानिन्छ । तर, सानो कदमले पनि प्रदुषण नियन्त्रणमा सहयोग पुग्छ ।

विज्ञहरुका अनुसार डिजेल र पेट्रोलको विकल्पमा विजुलीबाट चल्ने सवारी साधनको प्रयोग प्रदुषण नियन्त्रणमा धेरै हदसम्म प्रभावकारी हुन सक्छ ।

त्यस्तै, छोटो दूरीमा पैदल हिड्ने र साइकलको यात्राले पनि बढ्दो प्रदुषण नियन्त्रण गर्न सघाउ पुग्न सक्छ । अहिले विद्युतीय कारको प्रयोग बढ्न थालेको छ । तर, विकासन्मुख देशमा ती महंगा साबित भएका छन् ।

३ सामान किन्नुअगाडि एक पटक सोच्नुहोस

राष्ट्रसंघको वातावरण कार्यक्रमअनुसार एक जोडी जिन्स कपडा बनाउन तीन हजार ७८१ लिटर पानी आवश्यक पर्छ । यस हिसाबले विश्वभर भइरहेका उत्पादन, निर्माण, निर्यात र सरसफाईमा लाग्ने पानी र सामान उत्पादन गर्दा त्यसबाट उत्पन्न हुने प्रदुषण सहजै अनुमान गर्न सकिन्छ ।

सामान्य ढंगले च्यातिएपछि लुगा फाल्नु वा अर्को महंगो किन्नुभन्दा त्यसलाई मर्मत गरेर लगाउँदा जलवायु परिवर्तनको प्रभाव न्यून गर्न सकिन्छ । धेरै कम्पनीहरुले लुगा भाडा दिएका छन्, जसका कारण फेसन उद्योगको भइरहेको फजुल खर्च कटौती हुनुको साथै त्यसबाट उत्पन्न हुने प्रदुषण घटाउन मद्दत गरेको छ । त्यस्तै, विज्ञहरुले एक पटक प्रयोग भइसकेको सामाग्री किन्न पनि जोड दिएका छन् ।

४ प्रयोग नभएको समयमा ताप प्रणाली बन्द गर्ने

कोठा तताउन वा चिसाउन प्रयोग हुने ग्यास, हिटरलगायतका सामाग्री हटाउँदा पनि कार्बन उत्सर्जन कटौतीमा ठूलो सहयोग मिल्ने विज्ञहरु बताउँछन् । ‘आवश्यक नपरेको समयमा बत्ती, ग्यास वा तेलबाट चल्ने ताप प्रणालीले महत्वपूर्ण अर्थ राख्छ ।

यसलाई नियन्त्रण गर्न सकेमा जलवायु परिवर्तनको नकरात्मक असर घटाउन सहयोग गर्छ,’ लन्डनस्थित इम्पेरियल कलेजका डा. निल जेनिङ्स भन्छन् । बेलायतको इनर्जी सेभिङ ट्रस्ट (इएसटी) अनुसार उर्जा बचतका लागि ‘ड्रट प्रुफिङ’ सबैभन्दा सस्तो र प्रभावकारी तरिका हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ४७ बजे

बागमती सरकारबाट बाहिरियो एमाले, पाँच मन्त्रीले दिए राजीनामा

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट

फ्रान्समा वामपन्थी गठबन्धनको जित, पेरिसमा कतै हिंसा, कतै उत्साह

एजेन्सी- आइतबार राति फान्समा अपेक्षाभन्दा ठीक उल्टो चुनावी नतिजा आएको

दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित

कञ्चनपुर–  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही बस्ती डुबानमा परेका

फ्रान्सका वाम नेताको घोषणा- सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन्छौँ

एजेन्सी- फ्रान्समा चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ ।

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते

चितवन- काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको