शङ्खधर साख्वाः नेपाल संवत् एप सार्वजनिक हुने « Khabarhub

शङ्खधर साख्वाः नेपाल संवत् एप सार्वजनिक हुने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाः को राष्ट्रिय प्रतिमामा माल्यार्पण गर्ने भएका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

ने.सं. ११२० अर्थात् २०५६ सालमा शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै हरेक वर्ष नेपाल संवत्को पहिलो दिन अर्थात् भाईटीकाको अघिल्लो दिन सरकार प्रमुखबाट गरिने कार्यक्रमको सबै तयारी पूरा भएको उनले जानकारी दिए ।

यस वर्ष प्रतिष्ठानले नेपाल संवत् र शङ्खधर साख्वाःका बारेमा पूर्ण जानकारी समेटिएर तयार पारेको नेपाल संवत् एपः र नेपाल संवत्को पात्रोसमेत प्रधानमन्त्री देउवाद्वारा सार्वजनिक गराउने कार्यक्रम छ ।

यसबारेमा जानकारी दिँदै मानन्धरले अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समय अन्वेषण गर्दै तयार पारेको नेपाल संवत्को पात्रो नेपालकै सबभन्दा पुरानो पात्रोका रुपमा रहेकाले यसलाई वैज्ञानिक रुपमा नै प्रमाणित गर्ने गरी नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटिएर तयार पारेको एपः सार्वजनिक गर्ने बताए ।

देवनागरिक लिपि र विक्रम संवत् भारतबाट आयातीत रहेको भन्दै नेपालको आफ्नै संवत्का रुपमा नेपाल संवत्को पात्रोलाई प्रयोगमा ल्याउने गरी यो पात्रोलाई विक्रम संवत् र इस्वी संवत्मा समेत मिति, तिथि सबै मिल्ने गरी एपः तयार भएको जानकारी दिए ।

वैज्ञानिक रुपमा नै प्रमाणित गर्दै नेपाल पञ्चायन निर्णायक समिति, ज्योतिष, संस्कृतिविद्, परातत्वविद् र सरोकारवाला निकायहरुसँग छलफल गरेर प्रमाणित गर्दै तयार पारेको पात्रो र एपः लाई व्यवहारमा ल्याउने उनले बताए ।

केही वर्षयता नेपाल संवत्को पात्रो नै ठाउँअनुसारले फरक हुने र म्हः पूजासमेत एक दिनअगाडि र पछाडि गर्ने गरेकामा अब सबैतिर एउटै पात्रो र एकै दिन म्हः पूजा हुने उनको भनाइ छ । नेपाल संवत् नेवारको संवत् नभई सबै नेपाली जनताको साझा संवत् भएकाले यसको प्रचार आवश्यक रहेको उनले बताए ।

त्यसैगर ज्ञानराम श्रेष्ठको नेतृत्वमा प्रतिष्ठानको बुलेटिन प्रकाशन गरी कार्यक्रममा सार्वजनिक गरिने भएको छ । यस वर्ष आउँदो १९ गते बिहान ९ बजे प्रधानमन्त्री देउवा, मन्त्रीहरु, विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुखहरुको सहभागिता रहनेछ ।

यस वर्ष दोलखा, गोरखा र पोखरामा पनि नेपाल संवत्कै दिन १९ गते भव्यरुपमा  शङ्खधर साख्वाः को प्रतिमा माल्यार्पण गर्ने कार्यक्रम तयार भएको छ । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै दोलखाको चरिकोट बजारमा स्थापना भएको, गोरखा र पोखरामा स्थापना भएको शङ्खधर साख्वाःको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ५३ बजे

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा