न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने « Khabarhub

न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग राख्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् ।

एक सातायता प्रधानन्यायाधीश राणाले तोकेको इजलास अस्वीकार गरेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने छन्। उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् ।

उता नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आइतबारैबाट प्रर्दशन थालेको छ । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : २६ बजे

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको

नेपाल सधैँ आफ्नो राष्ट्रिय हितबाट निर्देशित हुनुपर्छ : महानायक

काठमाडौं– महानायक राजेश हमालले कुनै पनि शक्तिको प्रभावका कारण सार्वभौमिकता

आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सुत्र प्रणाली बन्द हुने

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा