न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने « Khabarhub

न्यायाधीशहरुले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने माग राख्दै इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले राणासँग वार्ता गर्ने भएका छन् ।

एक सातायता प्रधानन्यायाधीश राणाले तोकेको इजलास अस्वीकार गरेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले प्रधानन्यायाधीश राणासँग वार्ता गर्ने छन्। उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् ।

उता नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आइतबारैबाट प्रर्दशन थालेको छ । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना