चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै | Khabarhub Khabarhub

चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिवतन– चितवनमा शीर्ष नेताको दौडधुप बाक्लिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेको चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको छ । तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ ।

साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको रूप देखिएको हो । गत शुक्रबार चितवनमा प्रचण्डले आफू आगामी निर्वाचनमा चितवनबाटै चुनाव लड्ने बताए ।

केही समयअघि बादलले प्रचण्डलाई निर्वाचनमा हराउने अभिव्यक्ति दिएका थिए भने एमाले अध्यक्ष केपी ओलीले पनि प्रचण्डलाई हराउन घुमुरो शैलीमा अभिव्यक्ति दिँदै आएका छन् ।

सोही प्रसङ्गलाई लिएर प्रचण्डले आफूलाई कसैले हराउन नसक्ने, चितवनबाट भागेर नजाने बताएका थिए । चितवनका कार्यक्रममा सहभागी भएर उनी काठमाडौँ फर्किसकेका छन् ।

उनी फर्किएलगत्तै एमाले अध्यक्ष ओली सोमबार चितवन आउँदै छन् । स्थायी कमिटी सदस्य बादल र सुरेन्द्र पाण्डेलाई लिएर उनी चितवन आउन लागेका हुन् ।

चितवनमा दुई दिनसम्म रहने ओली विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि ओली पहिलो पटक चितवन आउन लागेका हुन् ।

एमाले अध्यक्ष ओली सोमबार बिहान सडकमार्ग हुँदै चितवन आउने नेकपा एमाले चितवनले जनाएको छ । आउँदाआउँदै बाटोमा पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको श्रद्धाञ्जली कार्यक्रममा उनी सहभागी हुनेछन् । मदन स्मृति पार्कको अवलोकन पनि गर्नेछन् ।

त्यसपछि महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँ नारायणी नदी किनारको उनले स्थलगत निरीक्षण गर्ने नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । निरीक्षणपछि एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । महानगर कमिटीको अधिवेशन हाकिमचोकस्थित चितवन मिड टाउन रिसोर्टमा हुनेछ ।

अधिवेशनको उद्घाटन सकेर ओली एमाले महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्नेछन् । भरतपुर–७ स्थित एमाले चितवनको पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यसपछि उनी सौराहा पुग्ने छन् । सौराहामा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र हुनेछ ।

सौराहा कहाँनेर बन्दसत्र गर्ने भनेर एमालेले अझै निर्णय गरिसकेको छैन । सम्भावित स्थलको अवलोकन सकेपछि स्थानीय नेता कार्यकर्तासँग ओलीको सामान्य भेटघाट हुने कार्यक्रम छ ।

ओलीको सोमबारको रातको बसाइ सौराहामा नै हुने रावलले बताइन् । १६ कात्तिक ९मंगलबार० बिहान ओली नारायणी नदी किनार शिवघाटमा पानी जहाजको अवलोकन गर्न जाने उनले बताइन् । पानी जहाजको अवलोकनपछि एमाले अध्यक्ष ओली सिधै माडीको अयोध्यापुरी जानेछन् ।

माडी नगरपालिका–९ अयोध्यापुरीमा अस्थायी राम मन्दिर निर्माण गरिएको छ । त्यसको ओलीले अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गर्नेछन् ।

ओलीले आफू सरकारमा भएका बेला रामको जन्म माडीको अयोध्यापुरीमा नै भएको भन्दै त्यस ठाउँमा अस्थायी मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । राम मन्दिरको अवलोकन सकेर ओली काठमाडौँ फिर्ता हुने कार्यक्रम छ । न्यूजकारखाना

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ५९ बजे

काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने

काठमाडौं– तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

झापा– मेची राजमार्गको बुद्ध शान्ति गाउँपालिका–४ हापेन चोकमा आज सवारीसाधन

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका

अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

बेइजिङ– टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त

‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’

काठमाडौं – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन