ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल (भिडियो) « Khabarhub

ओलीका पालामा सबैभन्दा धेरै भ्रष्टाचार भयो : अध्यक्ष नेपाल (भिडियो)


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् ।

समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको टिप्पणी गरे ।

अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए ।

कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी दिने गरेर सरकार लागिपरेको बताउँदै बैदेशिक रोजगारमा जानु्पर्दा लेवरमा मात्रै नभएर दक्ष जनशक्ति पठाउनेबारे छलफल भइरहेको जानकारी दिए।

उनले जनताले दिएको मतको नेकपा एमालेले इज्जत गरेको भए अहिले यो अवस्थामा नेकपा एमाले नपुग्ने प्रतिक्रिया दिए।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३६ बजे

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ

भोटेकोशी बाढी : राष्ट्रपति पौडेललाई पठाए चिनियाँ राष्ट्रपति सीले समवेदना सन्देश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा बुधबार गएको बाढी-पहिरोबाट भएको

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ