गाउँको सानो लगानीबाट ठूलो आम्दानी, कुखुरापालन व्यवसायमा रमाउँदै युवा « Khabarhub

गाउँको सानो लगानीबाट ठूलो आम्दानी, कुखुरापालन व्यवसायमा रमाउँदै युवा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहुँदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ ।

पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका छन् । रामपुर नगरपालिका क्षेत्रलाई अण्डामा आत्मनिर्भर बनाउन रामपुर एग्रोफार्म दर्ता गरी समूहमा व्यवसाय चलाउँदैछन् । रामपुर नगरपालिका–८ बस्ने युवा भुवन अर्याल, आशीष अर्याल र गणेश अर्यालले एक वर्षअघि देखि एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् ।

यो व्यवसाय रामपुर नगरपालिका क्षेत्रकै ठूलो लगानीमा सञ्चालन भएको नमूना व्यवसाय हो । वार्षिक रु ५० हजार बुझाउने गरी २७ रोपनी जग्गा भाडामा लिएर व्यवसाय चलाएको सञ्चालक भुवन अर्याल बताउँछन् । “गाउँमै बसेर कृषिमा काम गर्ने योजनाका साथ साथीसँग सहकार्य गर्दै व्यवसाय सञ्चालन गरेका छौँ, राम्रै भइरहेको छ” उनले भने । बाहिरबाट उत्पादित अण्डा दिनहुँ रामपुर बजारमा भित्रँदा स्थानीय उत्पादनले बजार पाउन सहज नभएको आशीष अर्याल बताउँछन् । फार्ममा हाल पाँच हजार कुखुरा रहेका छन्, अबको पाँच वर्षभित्र पन्ध्र हजार कुखुरा पुर्‍याउने लक्ष्य रहेको अर्यालले बताए ।

युवाहरुले सरकारले उपलब्ध गराएको सहुलियत ऋण लिएर व्यवसायमा लगानी गरेका हुन् । व्यवसायमा ऋण सहयोग पाएपछि उनीहरुमा उत्साह र हौसला बढेको छ । अहिले दुई हजार कुखुराबाट दैनिक दुई हजार ४०० अण्डा उत्पादन भइरहेको छ । मासिक रु चार लाख ८० हजार बराबरको आम्दानी र एक लाखभन्दा बढी खर्च भइरहेको गणेश अर्यालले बताए ।

पाल्पा जिल्ला अण्डामा आत्मनिर्भर भए पनि उपभोक्ता र व्यापारीले गुणस्तरभन्दा पनि सस्तो वस्तु खरीद गर्ने परपाटीले स्थानीयले उत्पादनले बजार लिन नसकिरहेको अवस्था छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा स्थानीय तहले भूमिका खेल्न सक्यो भने कृषकलाई ठूलो राहत मिल्नेछ । स्थानीय तहले व्यवस्थापन गरिदिएको खण्डमा युवाहरुले व्यवसायलाई बढाउँदै जाने बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ९ : १८ बजे

रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा समापन

काठमाडौं– शनिबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा मनाइएको

रास्वपा महाधिवेशनको तयारी पूरा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा