एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’ « Khabarhub

एलिना बनिन् ‘स्टार अफ द मिलिनियम’


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–हेटौडाकी एलिना पुरी ‘स्टार अफ द मिलिनियम २०२१’ को विजेता बनेकी छन् । ‘बेष्ट ट्यालेन्ट’, ‘भ्युअर च्वाइस’ को विधागत उपाधिसमेत जितेकी उनले ताजका साथमा नगद र गिफ्ट ह्याम्पर पोल्टामा पारिन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको फाइनलमा पारु श्रेष्ठ फष्ट रनरअप र आरती राई सेकेन्ड रनरअप भए । पारुले इनर्जेटिक र आरतीले बेष्टवाक उपाधि समेत हात पारे । दुवै उप–विजेताले नगद र गिफ्ट ह्याम्पर समेत हात पारे ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको प्रतियोगितामा पन्च्युयालिटी रोमी महर्जन, डिसिप्लेन र बेष्टड्रेस रमिता महर्जन, सिन्सियर जानुका कार्की, फोटोजेनिक दीपिका स्याङ्ताङ, फ्रेण्डसिप अस्मिता थापामगर, बेष्टवाक आरती राईले जित्न सफल भए ।

गायिका सत्यकला राई, गीतकार तथा कवियत्री निलिमा मास्के श्रेष्ठ, मिडियापर्सन कुवेर गिरी, एनआरएन युकेको उपाध्यक्ष रोजिना प्रधान राई, व्यवसायी विनिता बस्नेत, मेकअप आर्टिस गीता शाहलगायत निर्णायक रहेको प्रतियोगितामा सहभागी विभिन्न प्रशिक्षणसहित अन्तिमस्पर्धामा उत्रिएका थिए ।

राष्ट्र र समाजका लागि योगदान दिनसक्ने योग्य महिला बनाउने उद्देश्यले प्रतियोगिता गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए ।

लक्किज हेल्थ एण्ड स्क्रिन कियर सेन्टर प्रायोजक र जोजोलप्पा गाडेन रेष्टुरेन्ट सहप्रयोजक रहेको प्रतियोगीका सबै प्रतियोगी फेसन डिजाइनर श्रीषा बैदार फैजुले डिजाइन गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ४२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को