टी-ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै « Khabarhub

टी-ट्वान्टी विश्वकप : इंग्ल्याण्ड र श्रीलंका भिड्दै


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै छन् ।

इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल राति ७:४५ बजे हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड ३ खेलमा अपराजित रहेको छ । इंग्ल्यान्ड ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । श्रीलंकालाई हराएमा इंग्ल्याण्डले अन्तिम चारको यात्रा सुरक्षित गर्नेछ ।

उत्कृष्ट लयमा रहेको इंग्ल्यान्डले यस अघि वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।

श्रीलंका ३ खेलमा २ अंकसहित चौथो स्थानमा छ । आज इंग्ल्यान्डलाई हराएर श्रीलंका सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ।

श्रीलंकाले बंगलादेशलाई हराएको थियो भने दक्षिण अफ्रीका र अष्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ४६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको