सलमान खानले गर्लान् आफ्नो बिहेको घोषणा ? « Khabarhub

सलमान खानले गर्लान् आफ्नो बिहेको घोषणा ?


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ बक्स अफिसमा धमोकदार व्यापार गर्ने तयारीमा छ । फिल्मको गीतलाई लिएर पनि चर्चा भइरहेको छ । अर्कातिर सलमान खान आफ्नो बिहेको विषयलाई लिएर पनि चर्चामा छ ।

भारतीय मिडियाका अनुसार उनले मे २३ अर्थात् आज बिहेको घोषणा गर्न लागेका छन् । हालै एक अन्तर्वार्तामा सलमान खानलाई बिहेको कुरा लिएर एउटा प्रश्न गरिएको थियो । उक्त प्रश्नको उत्तर दिँदै सलमान खानले २३ मे मा बिहेको बारेमा बताउने भनेका थिए । तर कतिपयले भने यसलाई सलमान खानको मजाकका रुपमा पनि हेरेका छन् ।

भारतमा आज मतगणना जारी छ । सबैको ध्यान त्यता हुन्छ भनेर उनले यसो भनेको पनि कतिपयले बताएका छन् । उनको बिहे कहिले हुन्छ भन्नेमा कसैले अनुमान पनि गर्न सकेका छैनन् । एउटा खबरका अनुसार सलमान सरोगेसीका माध्यमबाट पिता बन्नेबारे सोचेका छन् । यता सलमानको नाम क्याटरीना कैफसँग पनि जोडिएर आउँछ । फ्यान चाहन्छन् कि, यी दुईले छिट्टै बिहे गरुन् ।

यदि साँच्चै नै उनले यस्तो सोचेका हुन् भने उनको जीवनमा बच्चाको त आगमन हुनेछ तर बिहेको बारेमा भने दर्शकमा एउटा प्रश्न सधै रहनेछ ।

यसअघि पनि बलिउड हस्ती करण जोहर, तुषार कपूर, आमिर खान, शाहरुख खान, एकता कपूर, सनी लियोनी सरोगेसीका माध्यमबाट आमा–बाबा बनिसकेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १० : ५३ बजे

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले

कुनै बेला पर्यटकको आकर्षण इरानको केशम द्वीप, जहाँ अमेरिकाले बर्साइरहेको छ बम

तेहरान- अमेरिकाले इरानको केशम द्वीपलाई निशाना बनाइरहेको छ। करिब १,४४५

म्यानमाबाट आएको ड्रोन थाइल्यान्डमा विस्फोट, तीन आप्रवासीको मृत्यु

बैंकक– म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको एक ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

रुसको भीषण हवाई आक्रमणमा २२ जनाको मृत्यु, १३८ घाइते

किएभ – रुसले रातभर युक्रेनका विभिन्न सहरमा गरेको व्यापक हवाई आक्रमणमा