सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति | Khabarhub Khabarhub

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका दंगा प्रहरी परिचालन गरिएको प्रति अधिवक्ताहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दंगा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरुको भनाइ छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम गरिएको उनले बताए ।

उनले भने,‘ इतिहासमै यसरी न्यायपालिकाभित्र दंगा प्रहरी परिचालन भएको पहिलो घटना हो ।’ आगामी दिनमा यस्ता काम गर्न सम्बन्धित निकायसँग समेत आग्रह गर्दछु ।

सर्वोच्चको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै गृहमन्त्रालयले दंगा प्रहरी खटाएपछि न्यायधीशहरुले आपत्ति जनाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु केहीदिनदेखि सर्वोच्चममा विरोध गरिरहेका छन् । सर्वोच्च परिसरमा ५० भन्दा बढी दंगा प्रहरी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आवस्थालाई ध्यानमा राखेर शान्ति सुरक्षालाई सहज बनाउन र सुरक्षामा कुनै किसिमको असहजता आउन नदिन प्रहरी खटाईको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ४८ बजे

लिभरपुलसँगको दुरी कम गर्दै चेल्सी

लन्डन – इङ्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई

धरानमा सिद्रा व्यापार फस्टाउँदै

सुनसरी– मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी

एनपीएल : सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दैछ ।

पुस १ गते : प्रजातन्त्रमाथि ‘कू’ भएको दिन

काठमाडौं– प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा