पुरुष साथीसँग विवाह गर्दै काल | Khabarhub Khabarhub

पुरुष साथीसँग विवाह गर्दै काल


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– भारतीय मूलका अमेरिकी अभिनेता काल पेनले हालै आफ्नो नयाँ पुस्तक ‘यू कान्ट बी सिरियस’को विमोचनमा आफ्नो बारे नयाँ कुराको खुलासा गरेका छन् । किताबको विमोचन अघि एक अन्तरवार्तामा आफू समलिंगी भएको खुलासा गरेकी हुन् । उनले आफ्नो साथी जोशसँग इन्गेजमेन्टको घोषणा पनि गरेका छन् ।

जोश र काल ११ वर्षदेखि सम्बन्धमा छन् र काल यो कुरालाई लुकाएर राख्न चाहदैनन् । अमेरिकामा जन्मिएका गुजराती कालले एक अन्तरवार्तामा आफ्नो निजी जीवनको विषयलाई लिएर खुलासा गरेका हुन् ।

उनका अनुसार अक्टोबरमा उनीहरुको ११ वर्षगाँठ थियो । ‘दोस्रो व्यक्तिको तुलनामा मलाई आफ्नो बारेमा यो धेरै ढिलोमात्र जानकारी भयो । यस्तो कुराको कुनै समयसीमा हुँदैन । जोकोही आफ्नो जीवनमा यस्तो कुरालाई सम्झन्छन् । म खुशी छु कि जब थाहा भयो, त्यो थाहा नै भयो’, कालले भनेका छन् ।

उनले आफ्नो करियर छनोट गर्न भन्दा आफ्नो लैंगिकताको कुरा खुलाउन सजिलो भएको उल्लेख गरेका छन् । ‘यो कुरा झट्ट सुन्दा मजाक लाग्न सक्छ । तर जब आफ्नो आमाबाबु र दक्षिण एशियाका समुदायलाई तपाईं अभिनेता बन्न चाहनुहुन्छ भनेर बताइएको छ भने अन्य बाँकी सबै कुरा सजिलो हुन्छ । जब मैले उनीहरुलाई मेरो बारेमा बताएँ, उनीहरुले मेरो समर्थन गरे’, उनले भनेका छन् ।

काल र जोश आफ्नो विवाहको तयारीमा जुटिसकेका छन् । उनीहरु शानदार रुपमा भारतीय विवाह चाहन्छन् । ‘म एक पुरुषसँग सम्बन्धमा जोडिइसकेको छु र हाम्रो परिवार त्यहाँ सहभागी हुनेछ । तर यो ठूलो विवाह हुनेछ या सानो भन्ने कुरा त्यही दिन थाहा हुनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ५६ बजे

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा

गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह

काठमाडौं – गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई

लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन

काठमाडौं – लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ

डडेल्धुरामा जिपबाट खसेर एकको मृत्यु

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको