पुरुष साथीसँग विवाह गर्दै काल « Khabarhub

पुरुष साथीसँग विवाह गर्दै काल


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)– भारतीय मूलका अमेरिकी अभिनेता काल पेनले हालै आफ्नो नयाँ पुस्तक ‘यू कान्ट बी सिरियस’को विमोचनमा आफ्नो बारे नयाँ कुराको खुलासा गरेका छन् । किताबको विमोचन अघि एक अन्तरवार्तामा आफू समलिंगी भएको खुलासा गरेकी हुन् । उनले आफ्नो साथी जोशसँग इन्गेजमेन्टको घोषणा पनि गरेका छन् ।

जोश र काल ११ वर्षदेखि सम्बन्धमा छन् र काल यो कुरालाई लुकाएर राख्न चाहदैनन् । अमेरिकामा जन्मिएका गुजराती कालले एक अन्तरवार्तामा आफ्नो निजी जीवनको विषयलाई लिएर खुलासा गरेका हुन् ।

उनका अनुसार अक्टोबरमा उनीहरुको ११ वर्षगाँठ थियो । ‘दोस्रो व्यक्तिको तुलनामा मलाई आफ्नो बारेमा यो धेरै ढिलोमात्र जानकारी भयो । यस्तो कुराको कुनै समयसीमा हुँदैन । जोकोही आफ्नो जीवनमा यस्तो कुरालाई सम्झन्छन् । म खुशी छु कि जब थाहा भयो, त्यो थाहा नै भयो’, कालले भनेका छन् ।

उनले आफ्नो करियर छनोट गर्न भन्दा आफ्नो लैंगिकताको कुरा खुलाउन सजिलो भएको उल्लेख गरेका छन् । ‘यो कुरा झट्ट सुन्दा मजाक लाग्न सक्छ । तर जब आफ्नो आमाबाबु र दक्षिण एशियाका समुदायलाई तपाईं अभिनेता बन्न चाहनुहुन्छ भनेर बताइएको छ भने अन्य बाँकी सबै कुरा सजिलो हुन्छ । जब मैले उनीहरुलाई मेरो बारेमा बताएँ, उनीहरुले मेरो समर्थन गरे’, उनले भनेका छन् ।

काल र जोश आफ्नो विवाहको तयारीमा जुटिसकेका छन् । उनीहरु शानदार रुपमा भारतीय विवाह चाहन्छन् । ‘म एक पुरुषसँग सम्बन्धमा जोडिइसकेको छु र हाम्रो परिवार त्यहाँ सहभागी हुनेछ । तर यो ठूलो विवाह हुनेछ या सानो भन्ने कुरा त्यही दिन थाहा हुनेछ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ५६ बजे

भारतमा कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक