दुब्लो भएका कारण चिन्तित हुनुहुन्छ ? यसरी सजिलै मोटाउनुस् « Khabarhub

दुब्लो भएका कारण चिन्तित हुनुहुन्छ ? यसरी सजिलै मोटाउनुस्


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटा व्यक्तिलाईलाई पहिला पहिला खान्दानी मानिन्थ्यो तर अहिले मोटो व्यक्ति देख्नेवित्तिकै मानिसहरु उसलाई सोध्न थाल्छन् ‘कुनै रोग छ शरीरमा ?’

‘तिमी कस्तो माटाएको ज्यान घटाउ, धेरै खानेकुरा नखाउ,’ मानिसहरु मोटा व्यक्तिलाई सुझाव दिन शुरु गरीहाल्छन् । पछिल्लो समय मानिसमा मोटोपना समस्याको रुपमा चिनिएको छ । यस्तै सुझावले गर्दा पनि मोटा मानिसहरु ज्यान घटाउन हर सम्भव प्रयाररत रहन्छन् ।

तर समस्या मोटो व्यक्तिलाई मात्रै होइन, मानिसहरु दुब्लो व्यक्तिलाई पनि पढाइहाल्छन् । ‘ओहो ! तिमी त कस्तो दुब्लाएको ? खाना खादैनौं कि के हो ?’

मोटाउनेहरु ज्यान घटाउने प्रयास गरीरहदा अरुकै आलोचनाका कारण पनि दुब्ला व्यक्तिहरु चिन्तित हुन्छन् । दुब्लो भएका व्यक्तिलाई मोटो व्यक्तिमा जस्तो रोग नदेखिएपनि समाज र साथीभाइको ‘किन दुब्लाएको ?’ भन्ने प्रश्नले दिक्क भएर पनि मोटाउने रहर जागीरहेको हुन्छ ।

किन भइन्छ दुब्लो ?
दुब्लोपनको विभिन्न कारणहरु छन् । पोषणविद् अतुल उपाध्यायका अनुसार गर्भावस्थामा आमालाई पौष्टिक तत्व नपुगेमा दुब्लो तौल भएको शिशू जन्मन्छन् ।

सामान्यतया साढे दुईकेजी भन्दा कम तौल भएको शिशू जन्मिका उसलाई दुब्लो शिशू भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दुध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दुध प्रत्याप्त नहुदा बालदबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा पछिल्लो समय जंग फुट (चाउचाउ, विस्कुट लगायतका बाहिरी खाना) का कारण बालबालिका दुब्लाउँदै गएका छन् ।बालबालिकामा पोषणको कमी भएका उनीहरु दुब्लो हुन्छन् ।

युवायुवती किन दुब्लाउछन् ?

पछिल्लो समयमा मानिसले आफ्नो स्वास्थ्य र खानपानलाई भन्दा काम र पैसालाई धेरै माया गर्न थालेका छन् । पोषणविद् उपाध्यायका अनुसार मानिसहरुले पोषणतत्व मिलेको खाना भन्दापनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालरी नपुग्दा युवायुवतीहरु दुब्लाउँदै गएका छन् ।

सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनीक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।  मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरु आउछ । उचाइ अनुसारको तौल नभएको व्यक्तिमा क्यान्सर देखि टिभी र एचआईभी समेत भएको हुनसक्ने पोषणविद् उपाध्याय बताउँछन् ।

पोषणविद् उपाध्यायका अनुसार दुब्लो व्यक्तिमा यस्तो समस्या देखिन्छ
–शारीरिक रुपमा कमजोर हुन्छन्,

–दैनिक रुपमा सहज रुपमा काम गर्न सक्दैनन्,

–इन्फेक्सनको खतरा हुनसक्छ,

–शरीरमा रोग हुनुसक्छ,

–भोक लाग्दैन,

–पेट सम्बन्धि रोग लागेको हुनसक्छ,

–क्यान्सर भएको हुनसक्छ,

–जुका, टिभी, एचआईभी भएकाे हुनसक्छ,

कसरी मोटाउने ?
– क्यालोरी प्रयाप्त भएका खाना मात्रा मिलाएर खाने,

–प्रोटिन भएको खाना नियमित खाने,

–कार्बोहाइड्रेट युक्त खाना खाने,

–दिनको ३ छाक खाने,

–फ्याट भएको दुध खाने,

– स्वस्थ र गुणस्तरीय खाना खाने,

– चिज, आलु, फापर खाने,

– माछा, माछु खाने ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ३९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका