कुनै पनि हालतमा बक्स अफिस लागू हुन्छ – सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

कुनै पनि हालतमा बक्स अफिस लागू हुन्छ – सञ्चारमन्त्री बाँस्कोटा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फाइल तस्वीर


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जुनै पनि हालतमा नेपालभर बक्स अफिस लागू हुने बताएका छन् । मंगलवार राजधानीमा चलचित्र पत्रकार संघ, नेपालले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

फिल्मकर्मीले समयमा फिल्म सिटी नबनेको र बक्स अफिस पनि ‘नाम मात्रको बक्स अफिस’ भएको आरोप लगाइरहँदा सञ्चारमन्त्री बाँस्कोटाले भने छिट्टै नै नेपालभर बक्स अफिस लागू गर्ने जिकिर गरे । ‘म विनम्रतापूर्वक र दृढताका साथ भन्छु, बक्स अफिस राखेरै छोड्छौँ,’ उनले भने ।

उनले लगानी गर्ने निर्माता हुने तर फिल्म निर्माणपछि कसैलाई पनि सन्तुष्टि नहुने आफूले सुनेको बताए । साथै आफू सेन्सर बोर्डमा अहिलेसम्म नगएको र कतिपय काम चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई गर्न निर्देशन दिएको उनले बताए । ‘पिलो निचोर्नुहुन्छ भने दुख्छ, यो क्षेत्रको सुधार चाहनुहुन्छ भने सहनूस्, यहाँ हरेकले आफ्नो अधिकारीको निम्ति सङ्घर्ष गर्छ,’ बाँस्कोटाले भने ।

साथै उनले नेपाली फिल्म कम्तिमा पनि ६ महिना चल्नुपर्ने धारणा राखे । नेपाली चलचित्रले आफ्नो देशको कथा र संस्कृतिको मतलब नगरेको भन्दै यसमा ध्यान पु–याउन फिल्मकर्मीलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ४८ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय