शाहरुखले नै सम्झन चाहँदैनन् यी फिल्म « Khabarhub

शाहरुखले नै सम्झन चाहँदैनन् यी फिल्म


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं(न्यूज कारखाना)– बलिउडका रोमान्स किङ शाहरुख खान ५६औँ वर्षमा प्रवेश गरेका छन् । सन् १९९२ मा बलिउडमा डेब्यु गरेका शाहरुखले अहिले पनि बलिउडमा तहल्का पिटिरहेका छन् ।

पछिल्लो समय उनी अभिनेतासँगै निर्माता, आईपीएलको टिम कोलकाता नाइट राइडर्सको मालिक, भीएफएक्स कम्पनीका रेड चिल्लीका मालिकको रुपमा समेत परिचित छन् । बलिउडमा तीन दशक पूरा गर्ने तयारीमा रहेका शाहरुखका केही फिल्म भने उनी आफैले समेत बिर्सन लायक छन् । ती फिल्म यस्ता थिए, जुन सुटिङ हुँदाहुँदै रोकिएनन् मात्र त्यसको चर्चासमेत मिडियामा भएन । केही यस्तै फिल्मको चर्चा गरौँ ।

अहमक: सन् १९९१ मा शाहरुखले ‘अहमक’ फिल्ममा हस्ताक्षर गरेर सुटिङ थाले । जसलाई मणि कौलले निर्देशन गरिरहेका थिए । यसमा अयूब खान र मीता वशिष्ठ पनि मुख्य भूमिकामा थिए । यो फिल्म तयार पनि भयो तर प्रदर्शनमा आएको छैन । यद्यपि यसलाई सन् २०१५ मा आयोजित एक फिल्म फेस्टिभलमा भने प्रदर्शन गरिएको थियो ।

शिखर: सन् १९९५ मा उनले ‘शिखर’ नामक फिल्मको छायाँकन गर्ने चर्चा थियो । यसलाई चर्चित निर्देशक शुभाष घईले निर्देशन गर्दै थिए । भारतीय मिडियामा आएको खबरलाई मान्ने हो भने यसको छायाँकन सुरु पनि गरिएको थियो, जसमा शाहरुखको को–स्टार माधुरी दीक्षित थिइन् । तर, आपसी समझदारी नहुँदा सुभाषले फिल्मको छायाँकन नै रोके । त्यस पश्चात निर्देशक घईले यसलाई नयाँ कथामा फिल्म निर्माण गरे ।

किसी से दिल लगाके देखो: शाहरुखले सन् १९९६ मा फिल्म ‘किसिसे दिल लगाके देखो’मा हस्ताक्षर गरे । लभ स्टोरी फिल्मले दर्शक मन जिति रहेको समयमा यसको नामले नै आकर्षण गर्नु स्वभाविक थियो । यसमा उनीसँगै आयशा जुल्का र मधु पनि लिड रोलमा थिए । तर , फिल्मको सुटिङ त सुरु भयो, पूरा हुन् सकेन ।

रश्क: शाहरुखले सन् २००१ मा फिल्म ‘रश्क’ साइन गरे । फिल्ममा उनिसँगै बिग बि अर्थात् अमिताभ बच्चन र जुही चावला पनि थिए । फिल्मको छायाँकन पूरा पनि भयो । तर, फिल्म भने रिलिज हुन् सकेन । फिल्मलाई केही वितरकले रिलिज गर्ने कोसिस नगरेका पनि होइनन् तर त्यतिबेलाको उनको स्टारडमले काम गरेन । घाटा खाएर वितरकले रिलिज गर्ने आट गरेनन् ।

एक्स्ट्रीम सिटी: पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने धेरै छन् । इरफान खान, दीपिका पादुकोण, प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । इरफानको निधन भइसकेको छ । तर, त्यस नै शाहरुखले हलिउडमा ट्राइ गरेका थिए । उनले गोप्य रुपमै सन् २०११ मा हलिउड फिल्म ‘एक्सट्रिम सिटी’ छायाँकन गरिरहेका थिए ।

उनी फिल्ममा मुख्य भूमिकामा त थिएनन् तर महत्वपूर्ण रोलमा थिए । उनी फ्यानलाई फिल्मको टिजर सार्वजनिक हुँदा सरप्राइज दिन चाहन्थे । मार्टिन स्कोर्सेसेको निर्देशनमा तयार भइरहेको फिल्ममा लियोनार्डो डिकार्पियो पनि थिए । फिल्मको छायाँकन ३० प्रतिशत भइसकेको थियो तर फिल्म निर्माण कम्पनी समस्यामा परेपछि सुटिङ नै रोकियो । सुटिङ पुरा हुन् सकेन र शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रह्यो ।

बलिउडमा बादशाहको समेत उपमा पाएका शाहरुखले यी फिल्मलाई आफैले समेत याद गर्दैनन् । यिनको चर्चा नत शाहरुखले नै कुनै अन्तर्वार्तामा गरेका छन्, नत मिडियाले नै ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ०९ बजे

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई

रुकुमपूर्वको पर्यटकीयस्थल मैकोटमा प्रचण्डको मर्निङवाकसँगै भेटघाट

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज