संवैधानिक इजलासलाई बन्दी बनाइयो : वरिष्ठ अधिवक्ता दाहाल | Khabarhub Khabarhub

संवैधानिक इजलासलाई बन्दी बनाइयो : वरिष्ठ अधिवक्ता दाहाल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन् ।

तेस्रो दिनको आन्दोलनका क्रममा मंगलबार बार कार्यालय परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’

न्यायाधीशको नियुक्तिबाटै प्रश्न उब्जिएको बताएका उनले जबराको पालामा भने धेरै प्रश्न उठेको बताए । न्यायपालिका शुद्धीकरण अभियान थालेको बताएका उनले बार एसोसिएसनले बार बेन्च समन्वय समितिको छलफलमा प्रधानन्यायाधीश जबराले विकृति विसंगति अध्ययन गर्न हरिकृष्ण कार्की नेतृत्वमा कमिटी बनाए पनि त्यसले बुझाएको प्रतिवेदन कार्यान्वयनमा संवेदनशीलता नदेखाएको बताए ।

प्रधानन्यायाधीश जबराले उक्त प्रतिवेदन कार्यान्वयन नगर्दा  विश्वासको संकट गहिरिएको दाहालको भनाइ छ । अटोमेसनमा जानुअघि गोलाप्रथामा कसरी जाने भनेर मीरा खड्का नेतृत्वमा समिति बनेको र उसले बुझाएको प्रतिवेदन पनि कार्यान्वयन नगरेर न्यायालयको सुद्धीकरणमा जबरा उदासिन बनेको वरिष्ठ अधिवक्ता दाहालको आरोप छ ।

हरिकृष्ण कार्कीको प्रतिवेदन, बार/बेन्चमा भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या देखापरेको बताएका उनले अब प्रधानन्यायाधीश जबराले राजीनामा दिएर बाहिरिँदा न्यायालयको मर्यादा रहने बताए ।

सेतो पट्टी लगाएर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न पनि उनले आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलित छ ।

कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ३४ बजे

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला