पुनीतका आँखा चारजनामा ‘ट्रान्सप्लान्ट’ « Khabarhub

पुनीतका आँखा चारजनामा ‘ट्रान्सप्लान्ट’


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत अक्टोबर १९ मा हृदयघातबाट निधन भएका कन्नड सुपरस्टार पुनीत राजकुमारको आँखा चार बिरारीमा ट्रान्सप्लान्ट गरिएको छ । जिम गर्दा हृदयघात भएका यी अभिनेताको आँखा नारायण नेत्रालयले तीन पुरुष र एक महिला बिरामीमा ट्रान्सप्लान्ट गरेको हो ।

यद्यपि अस्पतालले नियमको कारण देखाउदै विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । ‘हामी पावर स्टार पुनीत राजकुमारको नेत्रदानको फैसलाप्रति आभारी छौं । रोचक कुरा त यो छ कि हामीले पुनीतको आँखाको प्रयोग दुई व्यक्तिको ज्योति फर्काउन गरेका छौं’, नारायण नेत्रालयका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. भुजंगशेट्टीले भनेका छन् ।

आम रुपमा एक मृतक व्यक्तिको दुई कोर्नियाबाट दुई नेत्रहिन रोगीहरुले ज्योति पाउछन् । तर पुनीतको मामलामा चार व्यक्तिले यसको लाभ लिएका छन् ।

नयाँ प्रविधिको प्रयोग गर्दै डाक्टरको टिमले पुनीतको आँखाको दुई कार्नियाजलाई चार हिस्सामा बाँडेर चार बिरामीमा ट्रान्सप्लान्ट गरेका हुन् ।

पुनीको निधनपछि कर्नाटक सरकारले कर्नाटकभर हाई अलर्ट घोषणा गरेको थियो । उनको निधनको शोकमा कैयौं फ्यानले आत्महत्यासमेत गरेका थिए । उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ०१ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु