टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर ! « Khabarhub

टी-२० विश्वकपबाट तीन विश्व च्याम्पियन टीम बाहिर !


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-२० विश्वकप २०२१ को उपाधि जित्ने लक्ष्यका साथ सबै टोली युएईमा छन्। अहिलेसम्म करिब आधा प्रतियोगिता सकिएको छ। इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने पाकिस्तान पनि लगभग सेमिफाइनलमा पुग्ने चरणमा छ।

पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड समूह १ को शीर्ष स्थानमा छ।  तर, तीन पूर्व टी-२० विश्वकप च्याम्पियन टोली अहिलेको विश्वकपबाट बाहिरिने संघारमा छन्। ती टोलीहरू हुन्, भारत, श्रीलंका र वेस्ट इन्डिज।

भारत

२०२१ को टी-२० विश्वकप भारतीय टोलीका लागि दुखद रह्यो। भारतलाई उपाधि दाबेदार टीमका रूपमा हेरिए पनि उसको प्रदर्शन भने सम्झनलायक रहेको छैन। आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको नमिठो हार बेहोरेको थियो।

यस्तै दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो। भारतको सेमिफाइनल यात्रा लगभग समाप्त भएको छ। यदि भारतले सेमिफाइनलमा पुग्ने आशा जीवित राख्ने हो भने उसले आफ्ना बाँकी तीन खेल ठूलो अन्तरले जित्नुपर्नेछ।

र, साथसाथै अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरोस् भन्ने प्रार्थना गर्नुपर्नेछ। भारतले सन् २००७ मा मात्रै टी-२० विश्वकप जितेको थियो।

श्रीलंका

चारमध्ये तीन खेलमा हार बेहोरेर टी-२० विश्वकपबाट बाहिरिएको टोली हो श्रीलंका। श्रीलंकाले छनोट चरणका सबै तीन खेल जितेको थियो। तर, सुपर १२ मा भने आफ्नो प्रदर्शनलाई निरन्तरता दिन सकेन।

श्रीलंकाले भारतलाई हराएर २०१४ को टी-२० विश्वकपको उपाधि जितेको थियो। श्रीलंका जुन समूहमा छ, त्यो समूहमा निकै बलियो टोली छन्। जसको अगाडि श्रीलंकाको जादू चल्न सकेन्। धेरै अनुभवी खेलाडी टीम बाहिर भएका कारण श्रीलंका कमजोर भएको छ।

वेस्ट इन्डिज

वेस्ट इन्डिजले अहिलेसम्म तीनमध्ये एउटा मात्र खेल जितेको छ। उसलाई सेमिफाइनल पुग्न पनि कठिन छ। वेस्ट इन्डिजले २०१२ र २०१६ मा दुई पटक टी-२० विश्वकपको उपाधि जितेको थियो। तर, यसपालि राम्रो प्रदर्शन गर्न सकेको छैन।

वेस्ट इन्डिजका ब्याट्सम्यान लामो छक्का प्रहार गर्न परिचित छन्। तर, यसपटक टोलीका कुनै पनि ब्याट्सम्यानले ठूलो उपलब्धि देखाउन सकेनन्। वेस्ट इन्डिजको कप्तानी केरोन पोलार्डले गरिरहेका छन्।

इंग्ल्यान्ड र पाकिस्तान फाइनल भिड्ने सम्भावना

टी-२० विश्वकप २०२१ मा अहिलेसम्म इंग्ल्यान्ड मात्र सेमिफाइनलमा पुगेको छ ।

टोलीले अहिलेसम्म खेलेका चारवटै खेल जितेको छ। जोस बटलरको शतकको मद्दतले इंग्ल्यान्डले श्रीलंकालाई सोमबार २६ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले सन् २०१० मा टी-२० विश्वकपको उपाधि जितेको थियो । जारी विश्वकपमा इंग्लिस टोली लयमा छ । बलर र ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् ।

पाकिस्तानले आफ्ना तीनवटै खेल जितेको छ र यो टोली समूहको शीर्ष स्थानमा छ । पाकिस्तानको बलिङ दमदार फर्ममा छ। पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले घातक बलिङ गरिरहेका छन् ।

योसँगै उनीसँग आसिफ जस्ता फिनिसर पनि छन्, जसले एक ओभरमा चार छक्का प्रहार गरेर खेल जिताउन सक्छन् । पछिल्लो प्रदर्शनलाई हेर्दा पाकिस्तानी टोलीले उपाधि कब्जा गर्न सक्छ ।

टी-२० विश्वकप विजेता टोलीहरू

२००७ : भारत

२००९ : पाकिस्तान

२०१० : इंग्ल्यान्ड

२०१२ : वेस्ट इन्डिज

२०१४ : श्रीलंका

२०१६ : वेस्ट इन्डिज

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ०३ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ