काठमाडौंमा भेटिएकी आरतीलाई पढाईदिने अनुपम खेरको घोषणा « Khabarhub

काठमाडौंमा भेटिएकी आरतीलाई पढाईदिने अनुपम खेरको घोषणा


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता अनुपम खेरले हालैमात्र नेपालमा फिल्म ‘उचाइ’को छायांकन पुरा गरेका छन् । नेपालमा रहँदा सामाजिक सञ्जालमा उनको सक्रियता आफैंमा बेजोड थियो । उनी दैनिक रुपमा सामाजिक सञ्जालमा नेपालको प्राकृतिक सुन्दरतालाई अपडेट गरिरहन्थे ।

दैनिक जागरणका अनुसार यिनै अनुपमले एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

काठमाडौंको एक मन्दिर घुम्न जाँदा आफूलाई पैसा माग्न आएकी बालिकाको भिडियोलाई उनले ट्वीटरमा शेयर गरेका छन् । भिडियोमा ती बालिका प्रष्ट रुपमा अंग्रेजी बोलेकी छन् । जुन कुराबाट अनुपम प्रभावित भएका छन् ।

‘मैले काठमाडौंको एक मन्दिर बाहिर आरतीलाई भेटें । उनी भारतको राजस्थानकी हुन् । उनले मसँग केही पैसा मागिन् र मसँग तस्वीर खिचाउने इच्छा व्यक्त गरिन् । त्यसपछि मसँग फटाफट अंग्रेजीमा कुरा गर्न थालिन् । पढाईप्रति उनको रुची देखेर म चकित भएँ । यो हो हामीबीचको भलाकुसारी । अनुपम फाउण्डेसनले उनलाई पढाउने वाचा गरेको छ । जय हो’, अनुपमले लेखेका छन् ।

भिडियोमा ती बालिकाले आफ्नो नाम आरती बताएकी छन् । उनले अनुपमसँग भेटेर आफू खुशी भएको बताएकी छन् । उनले आफूले स्कुल नगई पैसा माग्ने गरेको बताएकी छन् । उनले आफू विद्यालय गएर पढ्न चाहेको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।