मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता « Khabarhub

मेघा बैंंक र कास्की महिला उद्यमीबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्म्झौता


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग र महिलाद्वारा सञ्चालित लघु र घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि मेगा बैंकले संघसँग आवद्ध उद्यमी महिलाहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न साना तथा मझौला कर्जा तथा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने जनाइएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीका अनुसार महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढङ्गले कर्जा प्रदान गरिनेछ । महिला उद्यमीहरूलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनको भनाइ छ ।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जा प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन् ।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलका अनुसार मेगा बैंकले कर्जाका साथै महिला उद्यमीहरूलाई वित्तीय साक्षरतामा पनि काम गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ०१ बजे

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा

एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा

कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ : डा कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र