अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान | Khabarhub Khabarhub

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–  कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् ।

संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले पालिकाको उडान रोक्ने निर्णय कार्यान्वयन भएको छैन ।

विशेषगरी प्रभु हेलिकोप्टरले यहाँ उडान भर्छ । व्यवसायीका अनुसार दैनिक १० भन्दा बढी फ्लाइट बेस क्याम्पमा हुने गरेको छ । हेलिकोप्टर उडान रोक्न सेन्चुरी युवा क्लबको अगुवाइमा जनप्रतिनिधि र पर्यटन व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले आधार शिविरमै बैठक बसेर अनियन्त्रित रूपमा हुने उडान तत्काल बन्द गर्ने निर्णय गरेका हुन् ।

‘आजकै दिनदेखि हेलिकोप्टरको व्यावसायिक उडान पूर्ण रूपमा रोक्ने निर्णय गरियो,’ अन्नपूर्ण गाउँपालिका ११ का वडासदस्य इन्द्रमणी शर्माले भने, ‘यसरी मनपरी हुने उडानमा हाम्रो विरोध छ । कम्पनीले सुनुवाइ गरेन भने दोस्रो चरणको आन्दोलन गर्छौं ।’ उनीहरूले हेलिप्याडमा कालो झण्डा गाड्ने निर्णय गरेका छन् ।

‘भोलिदेखि कुनै हेलिकोप्टर आयो भने ल्याण्ड गर्न दिँदैनौँ । हाम्रा माग सुनुवाइ भएन भने पोखरासम्म गएर विरोध जनाउँछौँ,’ उनले अघि भने, ‘अब अति भयो । सहन नसकेपछि यो अवस्था बनेको हो ।’ व्यवसायीहरूले मंगलबार बैठक बसेरै आन्दोलनको घोषणा गरेका हुन् ।

अनावश्यक रूपमा हुने उडानले वन्यजन्तु र चराचुरुंगीलाई असर परेको उनीहरूको गुनासो छ । सँगै त्यहाँको व्यवसायमा पनि असर परेको छ । अन्नपूर्ण गाउँपालिकाले २०७५ सालमा उद्धार बाहेक कुनै पनि व्यावसायिक उडान हुन नदिने निर्णय गाउँसभाबाट गरेको थियो ।

त्यसपछि कोभिडले पर्यटन क्षेत्र खासै सक्रिय भएन । अहिले पर्यटक हिँड्न थालेका छन् । तर हेलिकोप्टरको रजगज उस्तै छ । पालिकाको निर्णय समेत मानेको छैन । त्यसो त, पालिकाले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ५९ बजे

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

पाल्हीनन्दन – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई