अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा « Khabarhub

अपराजित रहँदै पाकिस्तान आईसीसी टी-ट्वान्टीकाे सेमिफाइनलमा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातार चौथो जित निकाल्दै पाकिस्तान आईसीसी टीऔट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सुपर–१२ को समूह–२ मा पाकिस्तानले नामिबियालाई ४५ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

जितका लागि १९० रनको लक्ष्य पाएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रनमा सीमित भयो । नामिबियाका लागि डेविड विसे सर्वाधिक ४३ रनमा अविजित रहे । क्रेग विलियम्सले ४० रनको योगदान दिए ।

ओपनर स्टेफन ब्रान्ड सर्वाधिक २९ रन बनाए । कप्तान गेरहार्ड इरास्मसले १५ रनको योगदान गरे ।

पाकिस्ताानका हसन अली, ईमाद वासिम, हरि रौफ र शादब खानले १-१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक ७९ रनमा अविजित रहे । कप्तान बाबर आजमले ७० रनको योगदान दिए ।

समूह–२ मा पाकिस्तान ४ खेलमा शतप्रतिशत जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहँदा नामिबिया चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।

समूह–१ मा इंग्ल्यान्ड ४ खेलमा ४ जितका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा रहँदा श्रीलंका चौथो स्थानमा छ । वेस्टइन्डिज पाँचौ स्थानमा रहँदा बंगलादेश पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ४९ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल