ओठ, जिब्रो र मुखमा बारम्बार किन घाउँ आउँछ ? « Khabarhub

ओठ, जिब्रो र मुखमा बारम्बार किन घाउँ आउँछ ?


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अधिकाशं मानिसको मुख, जिब्रो तथा ओठमा स–साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । कसैको जिब्रो, कसैको ओठ, कसैको गिजा प्राय घाउँ भइरहन्छ । जसले खाना खान, बोल्न समेत समस्या हुन्छ ।

शरीरमा पोषणको कमी हुदाँ, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले मुख, ओठ तथा जिब्रोमा घाउ आउँछ । यस्तै खाद्य विषाक्तता, सुर्ति, पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।

समधानका उपाय:
– प्रशस्त पानी पिउने ।
– बढि चिसो वा तातो नखाने, नपिउने ।
– फलफूल तथा साग सब्जी राम्ररी चपाएर खाने ।
– मनतातो पानीमा पिटकिरी मिसाएर दैनिक ३ पटक कुल्ला गर्ने ।
– चिल्लो पदार्थ बढि नखाने ।
– बिहान–बिहान उम्रको गेडागुडी खाने ।
– घाउ भएको ठाउँमा मह लगाउने ।
– निमको पात चपाउने ।
– बदाम भिजाएर खाने ।
– पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने ।

यसका बावजुद बारम्बार समस्या भइरहेमा चिकित्सकको परामर्श लिने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : १० बजे

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र

सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका