संवैधानिक नियुक्तिविरूद्धको मुद्दा संवैधानिक इजलासमा | Khabarhub Khabarhub

संवैधानिक नियुक्तिविरूद्धको मुद्दा संवैधानिक इजलासमा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थिति सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन) नियमावलीको नियम १७(२)ख बमोजिम संयुक्त इजलासमा विचाराधीन डा. गणेश रेग्मी र दीपकविक्रम मिश्रको रिट/मुद्दा मंगलबार संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

रेग्मी र मिश्रले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास संविधानले परिकल्पना नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । जसमा न्यायाधीश हरि फुयालको एकल इजलासले मुद्दा किनारा नलागेसम्म सुनुवाइ नै स्थगित गर्न आदेश दिएको थियो ।

केपी ओली सरकारले दुई चरणमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेका नियुक्ति गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ गर्ने तय भएको थियो । रिट परेको झण्डै ९ महिनापछि पेशी तोकिएको थियो ।

तर प्रधानन्यायाधीश जबराकै नेतृत्वमा इजलास गठन भएपछि रिट निवेदकहरुले नियुक्ति प्रक्रियामा संवैधानिक परिषदको सदस्यको हैसियतले जबरा पनि सहभागी भएको भन्दै स्वार्थ बाझिने भएकाले यो मुद्दा हेर्न नहुने माग गरेका थिए ।

निवेदकको विरोधपछि प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइमा आफू विदामा बस्ने घोषणा गरेका थिए । यसविरुद्ध अधिवक्ताद्वय रेग्मी र मिश्रले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालले प्रधानन्यायाधीश बस्ने वा नबस्ने टुंगो नलागेसम्म सुनुवाइ नगर्न अन्तरिम आदेश दिएपछि संवैधानिक नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ रोकिएको थियो ।

विरोध भएपछि संयुक्त इजलासमा पठाइएको थियो । संयुक्त इजलासमा विचाराधीन संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद अब संवैधानिक इजलासमा पुगेको हो ।

अहिले न्यालय शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा मागिरहेका कानुन व्यवसायीले राजीनामा माग्नुको एक कारण संवैधानिक नियुक्ति सम्बन्धी मुद्दामा न्यायिक अवरोध गरेको भनिरहेका छन् । यहीँ बेला प्रधानन्यायाधीश जबराले यो विवादलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनिक निर्णयअन्तर्गत रिट निवेदकको मागअनुसार  प्रधानन्यायाधीशले संवैधानिक इजलासमा मुद्दा पठाउने निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ४५ बजे

भारतले भन्यो- एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी दाबी झूठो

काठमाडौं- आफ्नो एस ४०० हवाइ प्रतिरोधी प्रणाली ध्वस्त पारेको पाकिस्तानी

वनलाई आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई आयआर्जनसँग जोड्नुपर्ने

द्वन्द्वका कारण भारतका दर्जनौं विमानस्थल बन्द

एजेन्सी– पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित