कर्णालीका मुख्यमन्त्रीको प्रतिवद्धता : राम्रा कामको जस कर्मचारीलाई नराम्रो कामको दोष मलाई « Khabarhub

कर्णालीका मुख्यमन्त्रीको प्रतिवद्धता : राम्रा कामको जस कर्मचारीलाई नराम्रो कामको दोष मलाई


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन् ।

सो क्रममा मुख्यमन्त्री शाहीले जनतालाई परिवर्तनको अनुभूति दिने गरेर काम गर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

उनले ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली विकासका दृष्टिकोणले धेरै पछाडि रहेकाले अरू प्रदेश हिँड्दा कर्णाली दौडनुपर्ने अवस्था रहेको बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीको भूगोल अत्यन्तै जटिल भएकाले भूगोलअनुसार कार्यक्रम सन्चालन गर्न सचिवहरूलाई निर्देशन दिए । उनले भएका राम्रा कामहरूको जस कर्मचारीहरूलाई र नराम्रो भएको खण्डमा त्यसको अपजस आफूले लिने बताए ।

पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च तीन दशमलव ७५ मात्र रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरेर काम गर्न पनि निर्देशन दिए । उनले कर्णालीमा कार्यरत रहँदासम्म कर्मचारीहरूलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने बताउँदै कर्णालीमा रहँदासम्म आफ्नो घर सम्झेर काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ७ : ११ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर