दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो « Khabarhub

दोस्रो जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइसीसी टी–ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले स्कटल्यान्डलाई १६ रनले पराजित गरेको छ ।

बुधबार सुपर–१२ को समूह २ मा रहेको न्युजिल्यान्ड जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

१७३ रनको विजयी लक्ष्य पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनायो । स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४२ रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ईश सोढीले २ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९३ रनको योगदान दिए ।

यो समूहबाट लगातार ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ । अफगानिस्तान दुई जितसँगै अंक तालिकाको दोस्रो स्थानमा छ । अफगानिस्तान र भारतबीच अहिले खेल भइरहेको छ । यो समूहमा भारत र स्कटल्यान्ड जितविहीन छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ५१ बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर