चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण « Khabarhub

चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरिन् ।

मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए । “हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरताअन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैँ”, उनले भने, “यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरुप नेपालले कार्य गरिरहँदा चीन सरकारबाट प्राप्त सहयोग तथा सहजीकरण अत्यन्तै सहयोग हुने छ ।” मन्त्री खतिवडाले कोभिड–१९ को सुरुआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवादसमेत व्यक्त गरे।

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताइन् । उनले महामारीको विरुद्धमा एक देशले अर्को देशलाई एक आपसमा रेखदेख र सहयोगले दुई देशबीच थप मित्रता अझ प्रगाढ हुने टिप्पणी गरिन् । उनले चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख मात्रा खोप उपलब्ध गराउनेसमेत जानकारी दिइन् । उक्त तीन लाख मात्रा खोप शुक्रबार नेपाल आइपुग्ने छ । यस्तै नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउने बारेमा पनि छलफल भइरहेको उनको भनाइ रहेको छ ।

चीनबाट हालसम्म एक करोड ५९ लाख मात्र खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए । उनले एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ३० बजे

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक