राहुल द्रविड बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक « Khabarhub

राहुल द्रविड बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्व क्रिकेट राहुल द्रविड नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार अबेर द्रविडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।

आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन् । उनले रवी शास्त्रीको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन् ।

यस्तै बीसीसीआईका अध्यक्ष सौरभ गाँगुलीले द्रविडलाई स्वागत गर्दै उनी एक महान खेलाडी भएको बताएका छन् । खेलाडीका रुपमा महान द्रविडले प्रशिक्षणमा पनि राम्रो गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

द्रविड मुख्य प्रशिक्षक हुने यसअघि नै चर्चा थियो । तर, सुरुमा द्रविडले सो पद अस्वीकार गरेको बताइएको थियो । तर, उनले गत हप्ता मुख्य प्रक्षिकका लागि दरखास्त दिएका थिएपछि उनी नै नियुक्त हुने अनुमान थियो ।
हालका मुख्य प्रक्षिक रवी शास्त्रीको पदावधि जारी टी–ट्वान्टी विश्वकपपछि सकिँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : २७ बजे

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४