राहुल द्रविड बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक « Khabarhub

राहुल द्रविड बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्व क्रिकेट राहुल द्रविड नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार अबेर द्रविडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ ।

आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन् । उनले रवी शास्त्रीको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध प्राप्त गरेको भन्दै त्यसलाई आफूले अगाडि बढाउने बताएका छन् ।

यस्तै बीसीसीआईका अध्यक्ष सौरभ गाँगुलीले द्रविडलाई स्वागत गर्दै उनी एक महान खेलाडी भएको बताएका छन् । खेलाडीका रुपमा महान द्रविडले प्रशिक्षणमा पनि राम्रो गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

द्रविड मुख्य प्रशिक्षक हुने यसअघि नै चर्चा थियो । तर, सुरुमा द्रविडले सो पद अस्वीकार गरेको बताइएको थियो । तर, उनले गत हप्ता मुख्य प्रक्षिकका लागि दरखास्त दिएका थिएपछि उनी नै नियुक्त हुने अनुमान थियो ।
हालका मुख्य प्रक्षिक रवी शास्त्रीको पदावधि जारी टी–ट्वान्टी विश्वकपपछि सकिँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : २७ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु