कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना « Khabarhub

कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ ।

काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको हाल बागमती प्रदेशसभा सदस्यसमेत रहेका फुयाँलले बताए ।

एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेको जनाइएको छ । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल बागमती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवसमेत सुरुआत गरिएको छ ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ ।

यसैगरी बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १० : २५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२