शाहरुख खानलाई राहुल गान्धीको पत्र « Khabarhub

शाहरुख खानलाई राहुल गान्धीको पत्र


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको छोरा आर्यन खान लागुऔषध मामलामा बलिउडमा निकै छाए । यद्यपि उनले अक्टोबर ३० मा अदालतबाट जमानत पाइसकेका छन् । तर पनि शाहरुख र गौरी छोराका लागि उत्तिकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यमा ध्यान दिइरहेका छन् ।

यहीबीचमा काँग्रेस नेता राहुल गान्धीले गत महिना अक्टोबर १४ मा शाहरुख र गौरीलाई एक पत्र लेखेको खुलेको छ । उनले पत्रमा आर्यनको लागुऔषध मामलामा नाम आएपछि आफू चिन्तित भएको उल्लेख गरेका थिए ।

पत्रमा राहुलले शाहरुख र गौरीले भोगेको पीडालाई आफूले महशुस गर्ने उल्लेख गरेका थिए । उनले कसैको पनि सन्तान यस किसिमको पीडालाई स्वीकार्न नसक्ने जनाएका थिए । राहुलले आफूले शाहरुखलाई आम मानिसका लागि राम्रो काम गरेको देखेको लेखेका थिए । पत्रमा शाहरुखका लागि फ्यानले गरेको प्रार्थना र शाहरुखको सकारात्मक कामले आर्यन छिट्टै रिहा हुनेमा आफू आशावादी रहेको जनाएका थिए ।

मुम्बईबाट गोवातर्फ जान लागेको क्रुजमा भएको ड्रग्स पार्टीमा आर्यनसहित ८ जना पक्राउ परेपछि उनी २८ दिनसम्म मुम्बईस्थित आर्थर रोड जेलमा थिए । उनलाई अदालतले जमानतमा रिहा गरे पनि उनले कैयौं शर्त पालना गर्नुपर्नेछ । जसअनुसार प्रत्येक शुक्रबार एनसीबीको भवनमा बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म आर्यन बस्नुपर्नेछ । उनले अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : १२ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते