अभिनेता विजय सेतुपतिमाथि आक्रमण | Khabarhub Khabarhub

अभिनेता विजय सेतुपतिमाथि आक्रमण


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय सेतुपति र उनको टिममाथि बेङ्लोर एयरपोर्टमा एक व्यक्तिले आक्रमण गरेका छन् । यद्यपि यो घटनाबाट कोही घाइते भएका छैनन् । प्रहरीको कडा सुरक्षाबीच अभिनेतालाई गरिएको हमलाले सबै चकित भएका छन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तमिले अभिनेताका फ्यानले आफ्नो सुपरस्टारको सुरक्षा मामलालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

समाचारअनुसार यो घटना बुधबार भएको हो । विजय कडा सुरक्षाबीच एयरपोर्टमा थिए । त्यहीबेला एक अज्ञात व्यक्ति पछाडिबाट दौड्दै आएर अभिनेतामाथि आक्रमणको प्रयास गरेका थिए । भिडियोमा विजय एयरपोर्टबाट बाहिर निस्कदै गर्दा एक व्यक्ति पछाडिबाट आएर उफ्रिएर आक्रमण गरेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार ती व्यक्ति मातेका थिए र एयरपोर्टमा उपद्रो व्यवहार गरिरहेका थिए । घटना पश्चात प्रहरीले तुरुन्तै ती व्यक्तिलाई पक्राउ गरेका थिए । यो घटनापछि दुवै पक्षबीच विवाद भएको थियो । राष्ट्रिय अवार्ड विजेता विजय यो घटनापछि दुःखी छन् । यद्यपि के कारणले यो घटना भयो भन्ने प्रष्ट खुल्न सकेको छैन ।

विजयका एक निजी स्टाफ एयरपोर्टमा अभिनेताका लागि बाटो खाली गरिरहेका थिए । त्यही बेला उनले गल्तीले एक व्यक्तिलाई धकेलेका थिए । जसकारण ती व्यक्तिले रिसले विजयलाई पछ्याए र मौका पाउनासाथ आक्रमण गरे ।

भिडियोमा ती व्यक्तिले विजयलाई लातले हान्दै गरेको देख्न सकिन्छ । सुरक्षाकर्मीले पक्राउ गरेपछि ती व्यक्तिले माफी मागेका थिए । विजयले ती व्यक्तिलाई कुनै पनि किसिमको कारवाही नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  २ : ५७ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक

आज २०८२ साल कात्तिक १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई