राणाका कारण न्यायापालिकाको सुदृढीकरण रोकिएको छ, राजीनामा अनिवार्य : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो) | Khabarhub Khabarhub

राणाका कारण न्यायापालिकाको सुदृढीकरण रोकिएको छ, राजीनामा अनिवार्य : वरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा अनिवार्य भएको बताएका छन् । उनले राणाकै कारण न्यायापालिकाको सुदृढीकरण अवरुद्ध भएको भन्दै न्यायापालिका सुधारका लागि राजीनामा अनिवार्य भएको जिकिर गरेका छन् ।

त्रिपाठीले अहिले न्यायालयमा विकृतिहरु संस्थागत हुँदै गएकोसमेत दाबी गरे । उनले विचौलिया संस्थागत भएको, सेटिङ भएको जस्ता दाबी गरे । न्यायापालिका सुदृढीकरण अहिलेको माग भएको भन्दै उनले राणाको राजीनामाले सुधारको ढोका खोल्ने बताए ।

न्यायापालिका अहिले ध्वस्त हुने अवस्थामा पुगेको भन्दै दलहरुले पनि यो विषयमा बोल्नुपर्ने बताए । उनले बारले प्रधानन्यायाधीशलाई सर्वोच्चमा जानबाट रोक्ने अवस्था आउनेसमेत बताए । उनले इजलास बहिस्कार उच्च अदालत र जिल्ला अदालतसम्म पुग्न सक्ने भन्दै राणाको राजीनामा छिटो आउनुपर्ने बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ४ : ४४ बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा